मोटरसाइकल ठोक्किँदा सडकमा पछारिएका युवकको बसको ठक्करबाट मृत्यु
सर्लाही | मंसिर १७, २०८०
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
शनिबार साँझ करिब ५ बजे बागमती नगरपालिका-४ पुरानो चौकी नजिकको सडकमा दुई मोटरसाइकल ठोक्किएको थियो।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियारका अनुसार प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किँदा प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकलको पछाडि रहेका व्यक्ति उछिट्टिएर सडकमा पछारिएका थिए। सडकमा पछारिएका ती व्यक्तिलाई मलंगवाबाट काठमाडौं जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले चेपेपछि घटनास्थलमै उनको मृत्यु भएको हो ।
ठोक्किएकोमध्ये बा २ ब ५७६६ नम्बरको मोटरसाइकल प्रहरीले चलाएको थियो। विपरीत दिसाबाट तीव्र गतिमा आएको अर्को मोटरसाइकलले प्रहरीले चलाएको मोटरसाइलकललाई ठक्कर दिएको डिएसपी पञ्जियारले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको परिचय अहिलेसम्म खुलेको छैन। उनी चढेको मोटरसाइकलका चालक फरार रहेकाले मृतकको परिचय खुलाउन नसकिएकए डिएसपी पञ्जियारले जानकारी दिए। बसका चालक रौतहट चन्द्रपुरका रामहरी चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

